गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पाेखरामा विराेध प्रदर्शन — OSNepal

गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पाेखरामा विराेध प्रदर्शन

LC (KTM) June 03, 2022 0

पाेखरा, २० जेठ;

गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पाेखरामा विराेध प्रदर्शन भएकाे छ । गैरसरकारी संस्था महासंघ र नागरिक समाजले मुख्यमन्त्री कार्यालय नजिक बिराेध प्रदर्शन गरेकाे हाे ।

१२ जेठकाे मन्त्रिपरिषद बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिन कानुन मस्याैदा समिति गठन गरेकाे छ । उक्त समिति गठन भएपछि समिति नै खारेजीकाे माग गर्दै विराेध कार्यक्रम गरिएकाे हाे ।

प्रदेश सरकारले पूर्वपदाधिकारीहरूलाई सेवासुविधा दिन कानुन ल्याउने तयारी गरेको सुनिएकाे छ,´ गैसस महासंघका प्रदेश अध्यक्ष गाेपाल खड्काले भने,राजनीति लाई पेशा नबनाइयोस् । उक्त निर्णय तुरून्त फिर्ता गरियाेस् ।´

कतिपय नवनिर्वाचित जनप्रतिनिधिहरूले पाउने सुविधा सामाजिक क्षेत्रमा दिने र कतिपयले नलिने घोषणा गरेको भन्दै उनले सबैले साेही अभियान चलाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर