अदालतले १६ लाख ५० हजार जरिवाना तोकेपछि फरार रहेका इन्द्रकुमार काठमाडौँको चाबहिलबाट पक्राउ — OSNepal

अदालतले १६ लाख ५० हजार जरिवाना तोकेपछि फरार रहेका इन्द्रकुमार काठमाडौँको चाबहिलबाट पक्राउ

LC (KTM) June 03, 2022 0

काठमाडौँ, २० जेठ-नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले विसं २०७७ माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम नभएको चेक दिएर ठगी गरेकाले उच्च अदालतको आदेशानुसार राईलाई आज काठमाडौँको चाबहिलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर