काठमाडौं : लोकप्रिय नायक पल शाह समातिएसँगै अन्योलमा परेको ‘सत्यम्’को छायांकन अनिश्चित बनेको छ ।पल रिहा भएपछि छायांकनमा जाने आशामा रहेको निर्माण यूनिक उच्च अदालतले पललाई थुनामै राख्न आदेश दिएपछि थप अन्योलमा परेको हो ।
पलको म्यानेजर समेत रहेका र यसअघि धरौटीमा रहेका कृष्ण जोशीले सामाजिक संजालमा गरेको पोष्टले नै ‘सत्यम्’को छायांकन अनिश्चित भएको पुष्टि गरेको छ ।पल रिहा भएपछि छायांकनमा जाने भनेर पलले महंगो पारिश्रमिक लिएको स्रोत बताउँछ । पललाई थुनामै राख्ने अदालत आएको केही समयपछि नै निर्माता सापकोटाको फोन अफ छ । उनको फोन अफ हुनुको कारण महानायक हमाल बन्न पुगेका छन् ।
पल रिहा भए लगत्तै छायांकनमा जाने सोच बनाएपनि पलको परिणाम उल्टो आएपछि उनले फोन अफ गरेका हुन् । निर्माता सापकोटाले अभिनेता राजेश हमाललाई पनि पर्खाएका कारण अब भने निर्माताले जवाफ दिनुपर्ने बेला आएको थियो ।
हमालले यसअघि नै आफूले लामो समय फिल्मको लागि प्रतीक्षा गर्न नसक्ने प्रतिक्रिया दिइसकेका थिए । पललाई उच्च अदालतले पललाई थुनामै राख्न आदेश दिएपछि ‘सत्यम्’को यूनिटले अब के गर्छ भन्ने कुरालाई चासोको रुपमा हेरिएको छ ।