काठमाडौ २० जेठ । सरकारले पेट्रोल, डिजेल लगायतका इन्धनको मूल्य घटाएसँगै सार्वजनिक सवारीसाधनको भाडा समेत घटेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।
बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले अर्थात ६.१३ प्रतिशत घटेपछि यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको हो ।
त्यस्तै, पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।