काठमाडौं २० जेठ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पेट्रोलियम पदार्थ मूल्यवुद्धि सम्बन्धमा आफूले राखेको प्रस्तावमाथि ढिलो छलफल सुरु गरेको भन्दै आपत्ती जनाएका छन् । शुक्रबार संसदमा जारी छलफलमा भाग लिन्दै सचेतक शर्माले सरकारलाई जवाफ दिन अफ्ठ्यारो पर्छ भनेर छलफलमा नै नआएको बताएका हुन् ।
पेश गरेको ११ दिनपछि १० रुपैंया घटाएर ढाकछोप गर्न लागेको भन्दै उनले भने, ‘११ दिनसम्म प्रस्ताव रोकिएको कारण बुझिँदैछ । हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ घटाइएको छ । सायद मन्त्रीलाई जवाफ दिन अफ्ठ्यारो भएकोले छलफलमा नल्याएको हुनसक्छ । १० रुपैयाँ घटाएपछि जवाफ दिन सजिलो हुने नै भयो ।’
वैशाख ३० गते स्थानीय तह चुनावमा मतदान गरेर ढुक्कसँग बसेका जनतालाई ढाड सेक्ने गरी सरकारले झाप्पु हानेको समेत बताएका छन् ।
‘पेट्रोलियम पदार्थको मूल्य घटाउनका लागि,आफ्नै उत्पादन भएका थुप्रै बढोत्तरी भएको छ त्यसलाई घटाउनका लागि अब मूल्यवृद्धिको कारण बढ्नसक्ने कारणलाई नियन्त्रण गर्नका लागि र आयल निमगको काम निजी क्षेत्रलाई दिन चाहन्छौँ भने त्यस सम्बन्धमा कानुन निर्माणका लागि समग्रमा नीति बनाउनका लागि संसदीय समिति निर्माण गर्नुपर्छ,’ भट्टराईले भने ।