काठमाडौ २० जेठ । नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार एमालेले प्रस्तुत गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।
मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुगेको बताएका उनले भने, यो सरकार बन्दाको समयमा २३० मा पाइने खानेतेल लिटरको अहिले ४०० भएको छ । ५०/५५ रुपैयाँ केजीमा पाइने चामल ७० रुपैंयाँ भएको छ । १०२ रुपैँयाँमा पाइने पेट्रोलियम पदार्थ जरुरी सार्वजनिक महत्त्वको प्रस्तावपछि १० रुपैयाँ घटदा पनि १७० रुपैयाँ छ । ६५ पाइने चिनी १०० रुपैयाँ पुगेको छ । तर सरकार भन्दै छ–७ प्रतिशत मात्रै मूल्यवृद्धि भएको छ ।
नेपाल आयल निगमलाई सुशासन र पारदर्शी बनाई पेट्रोलियम पदार्थ सहज र सर्वसुलभ ढंगले आम उपभोक्तामा पु¥याउने काम तत्काल नेता पोखरेलले सरकारसँग माग गरेका छन् ।