चितवन २० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा नभएको भन्दै यस विषयमा आशंका गर्नुपर्ने आशंका नै नरहेको बताएका छन् ।
शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति प्रति त्यति महत्व दिन नपर्ने भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’
प्रचण्डले आफ्ना नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यसो भनेको होला भन्दै महतले कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने स्पष्ट पारेका छन् ।
प्रचण्डले एक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा आफू नै सर्वेसर्वा भनेर नहिडेको बताएका उनले एमालको नेतृत्व जस्तो कांग्रेस अहंकारको बाटोमा नहिड्ने बताएका छन् ।