डडेल्धुरा, २० जेठ :
डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ ।
गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।
नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेकाे हुनसक्ने पनि अनुमान गरिएको छ ।
यो पनि : काठमाडौंका मेयर र उपमेयर सिसडोलमा : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् ।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए ।
मन्त्री झाक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालयर काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।