यस्तो छ आजको सुनको मूल्य ? — OSNepal

यस्तो छ आजको सुनको मूल्य ?

LC (KTM) June 15, 2021 0

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९३ हजार २ सयमा कारोबार भइरहेको छ ।हिजो पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १३५५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि : निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो चहलपहल- कोरोनाको दोस्रो चरण शुरु भएपछि १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा ९सोमबार०बाट केही खुकुलो भएको छ ।निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ । तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यसैगरी पुस्तक पसलहरु पनि विहान ११ बजेसम्म खुल्नेछन् । यस्तै हार्डवेयर पसलहरु दिउसो चार बजेबाट खोल्न पाइने छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञालाई कृषी र उसत्पादनजन्य कार्यमा सहजताका लागि केही खुकुलो बनाइएको बताएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा ७ असारसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । दोस्रो सातापछि नीजी सवारी साधनलाई जोरबिवजोर प्रणालीमा शुरु गर्न सकिने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर