काठमाडौं १९ जेठ । नेकपा९एमाले०का महासचिव शंकर पोखरेललेदलहरूको गठबन्धनले देश बनाउन नसकिने स्पष्ट पारेका छन् ।
बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको भन्दै यस्तो बताएका हुन् ।
जति धेरै दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने बताएका पोखरेलले देश बनाउन राष्ट्रिय शक्ति चाहिने बताएका हुन् ।
‘दुनियाँमा कतै पनि गठबन्धन र दलहरू मिलेर देश बनाएको हामी सुन्दैनौँ । देश बनाउन राष्ट्रिय शक्ति चाहिन्छ ‘ उनले भने । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो नहुने भन्दै उनले नेपाली राजनीतिले भोगिरहेको यथार्थले बताउँने जनाएका छन् ।
साथै, उनले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै काठमाडौंका मेयर बालेन साह धरान उप महानगरपालिकाका मेयर हर्क सम्पाङगले एक्लै समाज बदल्छु भन्ने कुरा सम्भव भएको बताएका छन् । असन्तुष्टिहरू बालेन वा साम्पाङका रूपमा बेला बखत हुने भन्दै यो राज्य सञ्चालकको प्रवृत्ति नभएको बताएका छन् ।
उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्नेमा जोड दिएका उनले भने, ‘राजनीतिमा नो भोटको प्रवृत्तिका रूपमा त्यस्ता पात्र, प्रवृत्तिहरू देखा पर्छन् । दलहरूले मुलुकलाई सही प्रकारको विकल्प दिन नसक्दा मतदाताले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरू विजेता बनेका छन् । उनीहरू साच्चै राजनीतिमा सफल हुन चाहान्छन् भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । एक्लै समाज बदल्छु भन्ने कुरा यो न हिजो सम्भव भएको थियो न भोलि सम्भव हुन्छ ।’