आजबाट सबै बैंक तथा वितित्य संस्था खोल्न पाइने — OSNepal

आजबाट सबै बैंक तथा वितित्य संस्था खोल्न पाइने

LC (KTM) June 15, 2021 0

काठमाडौं असार १ । आजबाट सबै बैंक तथा वितित्य संस्था खुल्ने भएको छ । कोभिड १९ कोरोना भाइरसका कारण नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसंगै बन्द रहेका सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरु आजबाट खुल्ने भएको हो ।

दोस्रो लहरको कोरोनाका कारण जारी निषेधाज्ञामा यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म मात्रै शाखा संचालनमा थिए ।

आजबाट एक हप्ताको लागि थपिएको निषधाज्ञाको समय भने राष्ट्र बैंकले वित्तीयक्षेत्रमा तोकेको कोटा प्रणाली हटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर