काठमाडौं १९ जेठ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर तत्काल नहट्ने भएको छ ।
पूर्वाधार कर हटाउन आवश्यक कानुन नभएको भन्दै अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तत्काल नहट्ने जनाएको हो ।
तर, मन्त्रालयले कर बारबरको रकम घटाएर बेच्न निगमलाई निर्देशन दिएको छ । यता निगमले भने करबाहेक अन्य तरिकाले सर्वसाधारणलाई सहुलियत दिन नसक्ने स्पष्ट पारेको छ ।
निगमले भने आफु ऋणमा रहेकाले कर घटाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।