काठमाडौं १९ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शालिक राखेर राजा फर्कने नभएको बताएका छन् ।
आन्दोलनको रापतापमा राजा लगायत विपी,भानुभक्त समेतको शालिक तोडफोड गरिनु गलत कुरा भएको बताएका थापाले भनेका छन्,’नेपालगञ्जमा जहाँ पहिले राजा विरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन।’
शालिक राखेर राजा फर्कने नभई इतिहासको सम्झना मात्र भएको हुनाले यसमा हस्तक्षेप गर्नु लोकतन्त्र नभएको बताएका छन् ।
उनले भनेका छन् , ‘आन्दोलनको रापतापमा राजा लगायत विपी,भानुभक्त समेतको शालिक तोडफोड गरियो।त्यो गलत थियो।नेपालगञ्जमा जहाँ पहिले राजा विरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन।शालिक राखेर राजा फर्कने होईन।ईतिहासको सम्झना हो।लोकतन्त्र यति असहिष्णु हुनुहुन्न’