१९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने माग राखेको छ ।
बिहीबार धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्थाको माग गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन्, ‘भ्रष्टाचार अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेका छौं’।
साथै, आज बसेको बैठकले संघ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनौट गर्न पार्टी भित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निणर्य गरेको छ ।