काठमाडौं १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आर्थिक वर्षको बजेटले वैदेशिक व्यापार घाटा घटाउन र कृषि प्रवर्द्धन गर्नका लागि राम्रा योजना ल्याएको भए पनि पारदर्शिकता सन्दर्भमा प्रश्न बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले बजेटमा राम्रा योजना हुँदाहुँदै पनि प्रश्न उठ्ने ठाउँ रहेको बताएका हुन् ।
‘पूर्ववर्ती सरकारले बजेट ल्याउँदा हामीले प्रश्न गर्यौं-यो बजेटको नारा ‘समृद्ध झापा, सुखी झापाली हो’ । यसपटक मानिसहरूको भनाइ के छ भने- पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो । यसले कोसीपारि देख्दै देखेन ।; बजेटले योजनाहरु ठूला नेताका निर्वाचन क्षेत्रमा खन्याएको र अरु क्षेत्रमा बजेट जानु भनेको ‘भाग्यचिठ्ठा’परेजस्तो हुने भयो’उनले भने ।
बजेटले कृषिमा राम्रा योजना ल्याएको बताएका सासंद थापाले अब कृषि मन्त्रालयको संस्थागत सुधारमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव समेत दिएका छन् ।
‘उत्पादन वृद्धिका सन्दर्भमा ठीक छ । छरिएका कार्यक्रम एक ठाउँमा ल्याउनुपर्छ । भाटभटेनीजस्ता ठूला मार्टमा कम्तीमा २० प्रतिशत ठाउँ नेपाली उत्पादन राखेको हुनुपर्छ भन्नुपर्छ । व्यापार घाटा घटाउने दिशामा बजेट सही छ ‘ थापाले भनेका छन् ।