काठमाडौं १९ जेठ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफू कुनै प्रकारको प्रलोभन र लालचमा नपर्ने स्पष्ट पारेका छन् ।
बिहिबार पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका नेपालले प्रधानमन्त्रीको कार्ड फाल्न थालिएको भन्दै यस्तो बताएका हुन् ।
नेपालले अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले भने, ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ’
यो कार्ड मान्छेलाई मुर्ख बनाउन आएको भन्दै नेपालले यस्तो प्रलोभन र लालचमा पर्ने मान्छे आफु नभएको बताएका छन् । नेकपा एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना नरहेको पनि बताएका छन् ।
उक्त प्रशिक्षण कार्यक्रममा नेपालले आफुले इमान्दारिता देखाउँदा पनि गठबन्धन दलहरुबाटै धोका पाएको भन्दै धेरै अहंकार देखाउनेहरु भष्म हुने बताएका छन् । ।