बागमती प्रदेश सभाको बैठकमा एमालेको विरोध, बैठक केहि समयको लागि स्थगित — OSNepal

बागमती प्रदेश सभाको बैठकमा एमालेको विरोध, बैठक केहि समयको लागि स्थगित

LC (KTM) June 02, 2022 0

हेटौडा १९ जेठ । नेकपा एमाललेले बागमती प्रदेश सभाको बैठकमा विरोध गरेको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका गर्नको लागि बसेको प्रदेशसभाको बैठकमा एमाले सांसदहरु बैठक सुरु भए लगत्तै विरोध जनाएका हुन् ।

एमालेले प्रदेशका मख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरीत दिन मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरूलाई दबाब दिएको र ३ जना कर्मचारीहरूको सरुवा गरेको भन्दै विरोध जनाएपछि बैठक केहि बेरको लागि स्थगित भएको हो ।

बैठकमा एमालेको तर्फबाट धारणा राख्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले सुशासनका कुरा गरेर नथाक्ने वर्तमान सरकारका मुख्यमन्त्रीले आफ्नै गृह जिल्लाको कृषि फर्मलाई अनुदान नदिएको बताएका थिए ।

कर्मचारीहरूलाई कार्यविधि विपरीत काम गर्न दवाव दिने गर्न नमाने सरुवा गरिदिने सरकारको यो काम प्रति छानविन हुनु पर्ने एमाले सांसदहरुको माग रहेको छ ।

संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरुले विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर