काठमाडौं ।
तपाई थाहा छ रु भाले मुसा केरासँग डराउँछ भन्ने कुरा रु यो रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।
यो अनौठो रहस्य पत्ता लगाउँदै बैज्ञानिकहरुले केराको बासनाले मुसालाई तनाव दिने गरेको पनि उल्लेख गरेका छन् । क्यानडाको म्याकगिल विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा तनाव उत्पन्न गर्ने हर्मोन पत्ता लगाएको बिबिसीले जनाएको छ ।
मुसाको पिसाबमा हुने एन पेन्टाइल एसिटेट नामको यौगिकका कारण मुसामा हर्मोनल परिवर्तन सुरु भएको र सोही यौगिकका कारण केरामा विशेष सुगन्ध उत्पन्न हुने गरेको अनुसन्धानमा लागिपरिरहेका अधिकारीहरुले उल्लेख गरेका छन् ।
आफ्ना सन्तानको सुरक्षाका लागि गर्भवती तथा स्तनपान गराइरहेका पोथी मुसाले आफ्नो शरीरबाट विशेष रसायन उत्सर्जन गर्ने हुँदा उक्त रसायनको गन्ध भाले लगायतका अन्य मुसालाई मन पर्दैन र उनीहरु पोथी मुसाबाट टाढा भाग्दछन् ।
यसैबिच मुसाको पिसाबमा पाइने उल्लेखित रसायन रहेको केराको तेलमा चोपेको कपासले भाले मुसाहरुमा तनावको स्तर बढेको र उनीहरु डराइरहेको अनुसन्धानबाट पत्ता लागेको बैज्ञानिकहरुले जनाएका छन् ।