बतास समूहको पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द — OSNepal

बतास समूहको पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द

LC (KTM) June 01, 2022 0

काठमाडौं १८ जेठ । बतास समूहको पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न भन्दै अन्तरकालीन आदेश दिएको थियो ।

आज बुधबार बसेको न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

पोखरेलको इजलासले पशुपति क्षेत्र विकास कोषले दिएको निवेदनको सुनुवाई गर्दै कोष र बतास समूहबीच भएको करार भंग भएकोले फेरि होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नभएको भन्दै अन्तरकालीन आदेश खारेज गरिएको हो ।

यस्तो छ आदेश ;


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर