कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने — OSNepal

कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने

LC (KTM) June 01, 2022 0

काठमाडौं १८ जेठ । सेल्टर आश्रय नेपालले केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने भएको छ ।

सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ एन्फा र एशियाली फुटबल महासंघ फुटबल एएफसीको सहयोगमा कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने भएको हो ।

आश्रय नेपालले ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण , समान ३२ जनालाई प्रशिक्षक र रेफ्री प्रशिक्षण दिने भएको छ । तथापी, रेफ्री तालिम महिला सेलमा रहेका कैदी बन्दीले मात्र लिन पाउनेछन् ।

यस विषयमा सम्झौतामा सेल्टर आश्रय र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता समेत भइसकेको छ ।

दुई पक्षबिच भएको सम्झौता अनुसार सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु भनेर यस्तो कार्यक्रम गर्न लागिएको बताएकी छन् ।

उनीहरुमा पनि सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन यस्तो प्रशिक्षण गर्न लागिएको ओलीले बताएकी छन् ।

सेल्टर नेपालले यसअघि पनि सडक बालबालिकाका लागि फुटबल कार्यक्रम सञ्चालन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर