काठमाडौं १८ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेट पराम्पराभन्दा माथि उठ्न नसकेको टिप्पणी गरेका छन् ।
बुधबार बजेटमाथिको राजश्व र व्ययको वार्षिक अनुमान को विषयमा छलफलमा सहभागी भएका लिङदेनले चुनावका लागि खर्च चलाउँनका लागि मात्र बजेट ल्याईएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषय र मा र युवालाई विदेश पहलायन रोक्ने र युवालाई लागूऔषधको सिकारबाट जोगाउने कार्यक्र समावेश नभएका बताएका छन् ।
काम गर्न सक्ने विषयलाई मात्र अगाडी बढाउन आग्रह गरेका उनले भने , ‘ईन्डक्सन चुलो दिने भनिएको छ ,तर कस्तालाई दिने भनिएको छैन, धनीलाई चुलो बाढ्ने र कमिसन लिई हाल्ने गर्न देखिएको छ ।
साथै, उनले यो बजेट कार्यान्वयनकै चरणमा अर्को सरकार आउने समेत खुलासा गरेका छन् ।