मोटरसाइकल दु र्घटनामा परी चर्चित अभिनता संचारी विजयको निधन — OSNepal

मोटरसाइकल दु र्घटनामा परी चर्चित अभिनता संचारी विजयको निधन

LC (KTM) June 15, 2021 0

काठमाडौं-कन्‍नड अभिनेता संचारी विजयको निधन भएको छ । भारतिय मिडियाका अनुसार उनको सडक दु र्घटनामा परी निधन भएको हो ।विजय गत शनिबार बेंगलुरु नजिक सडक दुर्घ टनामा परेका थिए । जसका कारण उनलाई निक्कै चोट लागेको थियो । उपचारकै क्रममा उनको ज्यान गएको भारतिय मिडियाले जनाएका छन् । विजयको उपचारमा सहभागी डाक्टरले उनको ब्रेन डेड भएको घोषणा गरेका छन् ।

परिवारले भने उनको अंगदान गर्ने निर्णय लिएको हो । विजय हमेसा समाजको सेवामा बिश्वास राख्ने भएका कारण उनको अंगदान गर्ने निर्णय लिएको परिवारले जनाएको छ । उनी मोटरसाइकलको पछाडि बसेका थिए । सडक हिलो भएका कारण मोटरबाइक चिप्लिएको थियो ।

उनको टाउकोमा निक्कै ठु लो चो ट लागेको छ । जसको कारण उनको तुरुन्त ब्रेन सर्जरी समेत गरिएको थियो ।जयले २०१५ मा रिलिज फिल्म ‘नानु अवानल्ला आवलु’ बाट आफ्नो पहिचान बनाएका थिए । यो फिल्म अभिनयका कारण उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका थिए । विजय उमेरले ३७ वर्षका भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर