पारस र ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय खेलका क्रममा लगाएको जर्सीलाई सगरमाथाको शिखरमा पुर्याइयो — OSNepal

पारस र ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय खेलका क्रममा लगाएको जर्सीलाई सगरमाथाको शिखरमा पुर्याइयो

LC (KTM) June 01, 2022 0

काठमाडौं ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी सगरमाथाको शिखरमा पुर्याइएको छ ।

पूर्व कप्तानद्धय खड्का र मल्लको जर्सी आरोहीद्वय फुरा छिरिङ शेर्पा र ङ्मीमा टासी शेर्पाले मे ७ मा सगरमाथाको शिखरमा पुर्याएका हुन् । पारस र ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय खेलका क्रममा लगाएको जर्सीलाई सगरमाथाको शिखरमा पुर्‍याइएको हो ।

मंगलबार काठमाडौं आईपुगेका आरोहीले केही दिनभित्रै उक्त जर्सी पारस र ज्ञानेन्द्रलाई हस्तान्तरण गर्ने तयारी गरेका हुन् ।

त्यस्तै एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो ।

यस्तै, ओमानविरुद्ध शुक्रबार खेल्ने तालिका रहेको छ । नेपालले अभ्यास दौरान श्रीलंकासँग दोहामै तेस्रो खेल खेल्ने तयारी गरेको छ । हाल श्रीलंकाको राष्ट्रिय टिमसमेत दोहामै अभ्यासरत छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले अभ्यासको लागि तयारी भइरहे पनि पक्का नभइसकेको जानकारी गराए ।

‘दोहामा रहेको टिमले अभ्यासको लागि कुराकानी गरिरहेको छ । तर, पक्का भइसकेको छैन ।’ उनले भने । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम कुवेत पुग्नेछ । समूह ‘बी’मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठ इन्डोनेसियासँग खेल्नेछ । श्रीलंकासँगको खेलको मिति भने तय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर