चर्चित भारतीय गायकको गाउँदा गाउँदै स्टेजमै निधन — OSNepal

चर्चित भारतीय गायकको गाउँदा गाउँदै स्टेजमै निधन

LC (KTM) May 31, 2022 0

२ सय भन्दा बढी हिन्दी गीत गाउन सफल भारतका चर्चित गायक केकेको गाउँदा गाउँदै निधन भएको छ । उनको कोलकातामा एक कन्सर्टमा गाउँदै गर्दा हृदयघात भएर निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हृदयघात भएर लडेपछि उनलाई तत्काल सिएमआरआइ अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए । चर्चित गायक केके कोलकाताको नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा प्रस्तुति दिइरहेका थिए ।

त्यति नै बेला उनको स्वास्थ्यमा समस्या देखियो । तत्काल उनलाई त्यहाँबाट अस्पताल पुर्याइएको थियो । त्यहाँ चिकित्सकहरुले उनलाई मृत घोषणा गरे ।चर्चित गायक केके कोलकाताको नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा प्रस्तुति दिइरहेका थिए ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य सेलेब्रिटीहरुले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर