दक्षिण भारतीय सुपरस्टार कमल हसनको फिल्म बिक्रमले रिलिज अगाडी नै कमायो २ सय करोड — OSNepal

दक्षिण भारतीय सुपरस्टार कमल हसनको फिल्म बिक्रमले रिलिज अगाडी नै कमायो २ सय करोड

LC (KTM) May 31, 2022 0

दक्षिण भारतीय चलचित्रका सुपरस्टार कमल हसनले ठुलो पर्दामा कमब्याक गरेका छन् । उनी ४ बर्षको अन्तराल पछि ठुलो पर्दामा कमब्याक भएका हुन् । बलिउडका हिट फिल्ममा समेत आफ्नो उपस्थिती जनाई सकेका कमल अब नयाँ फिल्म बिक्रम मार्फत कमब्याक गरेका हुन् । यो फिल्म जुन ३ मा रिलिज हुदैछ । यस फिल्मले रिलिज अगाडी नै राम्रो कमाई गरेको छ । स्याटालाईट र ओटीटी मार्फत यस फिल्मले राम्रो कमाई गरेको हो ।

यो फिल्मले रिलिज अगाडि नै २०० करोड भारतीय रुपैयाँ कमाइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।लोकेश कंगराजको निर्देशनमा बनेको फिल्मले स्याटलाइट अधिकार र ओटीटी सम्झौताबाट नै रिलिज अघि २०० करोड रुपैयाँ संकलन गरेको हो।एक्सन जनरामा निर्माण भएको फिल्ममा कमलसँगै विजय सेतुपति, शिवानी नारायण लगायतका कलाकारको अभिनय पनि रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर