काठमाडौं १७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचन सकिएको १७ दिनपछि चुनाव धाँधली भएको बताएको छ ।
मंगलबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले एक बक्तब्य जारी गदै निर्वाचन निश्पक्ष रुपमा सम्पन्न हुन नसकेको आरोप लगाएका हुन् । गठवन्धनले चुनावमा धाँधली र राज्यशक्तिको दुरुपयोग गरेको भन्दै ठाकुरले जारी वक्तव्यमा उल्लेख गरेका छन् ।
साथै, नेकपा एमालेले पनि चुनाव धाँधली भएको भन्दै आरोप लगाएको छ । भविष्यको निर्वाचनको समयमा हुनसक्ने अलोकतान्त्रिक गतिविधि, धाँधली, र शक्तिको दुरुपयोग विरुद्ध आम मतदाता, लोसपा पार्टी र विशेषगरी निर्वाचन आयोग, सुरक्षा निकायलाई थप सचेत र सजग रहन समेत जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
एउटा पालिका बाहेक सवै ७५२ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।