तारा एयरको विमान दुर्घटना : काठमाडौं ल्याइएको १२ वटा शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो — OSNepal

तारा एयरको विमान दुर्घटना : काठमाडौं ल्याइएको १२ वटा शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो

LC (KTM) May 31, 2022 0

काठमाडौ १७ जेठ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा भएको विमान दुर्घटनामा परि मृत्यु भएका बाँकी १२ जनाको शव काठमाडौ ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट ल्याइएको १२ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना सवार तारा एयेरको विमान दुर्घटना हुँदा सबैको मृत्यु भएको हो । सोमबार १० जनाको शव काठमाडौं ल्याइएकाले आज मंगलबार बाँकी १२ जनाको शव ल्याइएको हो ।

पोस्टमार्टमपश्चात मात्र शवलाई आफन्तको जिम्मा लगाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर