काठमाडौँ – युरोप फुटबलमा उपाधि दाबेदार मानिएका चार टिमबीच प्रतिस्पर्धा हुन लागेका खेल रोमाञ्चक मोडमा पुगेको छ । जसमध्ये आज हुने दुई खेलमध्ये पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।
उक्त खेल राति पौने १० बजेबाट सुरु हुने खेल तालिका रहेको छ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा हुने खेल रोमाञ्चक हुने आशा गर्न सकिन्छ । त्यस्तै दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीबिच रातीको पौने १ बजे हुनेछ ।
फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ । विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्ुती दिन खोज्ने धुनमा खेल निकै प्रतिस्पर्धात्मक हुने आँकलन गर्न सकिन्छ । यि दुई विश्वविख्यात टिमले यसअघि पनि मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा गरिसकेका छन् । जसमध्ये दुबै टोलीले २र२ खेल जित्न सफल भएका छन् ।