काठमाडौं १७ जेठ । प्रहरी महानिरीक्षक बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुने भएको छ ।
रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन भन्दै रिट दायर गरेका थिए ।
आफु पहिल्यै एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) मा पनि आफै नियुक्त हुनुपर्ने माग राख्दै पोखरेलले रिट दर्ता गरेका हुन् ।
उनले दायर गरेको रिट न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा। कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
त्यसैगरी, वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले दायर गरेको रिटको पनि आजै अन्तिम सुनुवाइ हुने भएको छ ।
उक्त रिटमा पनि सिंहको विरुद्ध रहेको छ ।