काठमाडौं-सोलुखुम्बुमा नेकपा एमालेका नवनिर्वाचित दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । सोलुखुम्बुको सोताङ गाउँ कमिटीले भर्खरै स्थानीय तह निवार्चनमा पार्टीबाट विजयी सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङमाथि एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् ।
गाउँ कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको आरोपमा उनीहरुलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको बताइएको छ । पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका थिए ।