एनआरएन अमेरिकामा नवगठित लामिछाने समूहद्वारा आइसीसीसंग सम्बन्धनको हस्ताक्षर — OSNepal

एनआरएन अमेरिकामा नवगठित लामिछाने समूहद्वारा आइसीसीसंग सम्बन्धनको हस्ताक्षर

LC (KTM) May 31, 2022 0

एनआरन अमेरिकामा विधमान एनसीसीले केहीमहिना अघि आइसीसीको वैधानिकता गुमाएपछि आइसीसीका उत्तर अमेरिका क्षेत्रीय संयोजकले अमेरिकामा कृष्ण लामिछानेको नेत्रित्वमा अमेरिकाको लागि नयाँ कार्यसमिती गठन गरेका थिए | उक्त कार्यसमीतीलेले आफ्नो बार्षिक साधारण सभा जुलाई ३ र ४ मा टेक्सासको डालासमा गर्ने भएको छ |

साथै नयाँ कार्यसमीतीले विभिन्न टास्क फोर्सलाई पनि पूर्णता दिइसकेको छ | संगसंगै सल्लाहकार परिषद पनि गठन गरेको छ | सल्लाहकार परिषदमा बिनोद भट्ट, विष्णु अधिकारी, बुद्धराज कालाखेती, चित्रा केसी, सुमन पराजुली, डा ज्ञानल थापा, जय पी मण्डल, खगेन्द्र अधिकारी, कृष्ण पी लामिछाने, ओम भट्टराई, पीताम्बर अधिकारी, प्रविण केसी, प्रेम पौडेल, प्रियरञ्जन दाहाल, राम खनाल, शिव बनिया, सुन्दर कर्माचार्य र तरुण पौडेल रहेका छन् ।

यस्तै संघले अमेरिकाको लुइसियाना र अर्कान्सासमा क्रमशः यदु काफ्ले र नगेन्द्र योगीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ ।संघले प्रमुख संरक्षकमा सुनिल साहलाई नियुक्त गरेको छ | आइसीसीका कोषाध्यक्ष समेत रहेका साहको संयोजकत्वमा पाँच सदस्यीय संरक्षक परिषद् गठन भएको हो | संरक्षक समितिमा शिव कुमार राई, डा. अर्जुन बन्जाडे र तिलक केसी रहेका छन् ।

कार्यसमितीको पूर्णता संगै आइसीसीको आइटि सिस्टमबाट अमेरिकामा सदस्यता बनाउन पत्राचार भैसकेको छ | त्यसको लागि आइसीसीसंग गरिनुपर्ने मेमोराण्डम अफ अन्डर्स्ट्याण्डिङ्ग (MOU) पनि लामिछाने समूहले हस्ताक्षर गरेर पठाईसकेको छ | यो प्रक्रिया पुरा भएपछि लामिछाने समूहले कानूनीरुपमा आइसीसीको मातहतमा सदस्यता बनाउने कार्य सुरु गर्ने भएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर