काठमाडौं १६ जेठ । सत्तारुढ गठवन्धन दलको बैठकले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।
सामेबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठवन्धनको बैठकले यस्तो निर्देश्न दिएको हो ।
स्थानीय तह निर्वाचनको समिक्षा गर्न बसेको बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागीता रहेको छ ।