काठमाडौं १६ । सत्तारुढ गठबन्धन दलहरुको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागीता हुने भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गरिने बताइएको छ ।
स्थानीय तह निर्वाचन पछि यो गठवन्धको दोस्रो बैठक हो ।