बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता — OSNepal

बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता

LC (KTM) May 30, 2022 0

काठमाडौं १६ जेठ । बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । उक्त संकल्प प्रस्ताव नेपाली कांग्रेसका चार सांसदहरु डा. डिला संग्रौला पन्त, प्रमिला राई, सुजाता परियार र रंगमती शाहीले दर्ता गराएका हुन् ।

संकल्प प्रस्तावमा समाजको आवश्यकता, बदलिंदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र जर्बजस्ती करणीमा हदम्याद नराखी कानुन संशोधन गर्न माग गरिएको छ । २०७५ साल भदौ देखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको हो ।

साथै उक्त संकल्प प्रस्ताव दर्ता जर्बजस्ती करणी पीडितलाई राज्यले निःशुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मानसिक उपचार एवं परामर्शको व्यवस्था गर्नुपर्ने बताइएको छ ।

जर्बजस्ती करणीसम्बन्धी कानुनलाई अरु कडा बनाइ जर्बजस्ती करणी पीडितको सुरक्षा तथा पुनस्र्थापनको जिम्मा राज्यले लिनुपर्ने माग राख्दै दर्ता भएको प्रस्तावमा जर्बजस्ती करणी सम्बन्धी भइरहेको कानुनको पूर्ण कार्यान्वयन गराइ आफूमाथि भएको यौन हिंसाविरुद्ध बोल्न महिलालाई साहस थप्न समेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर