काठमाडौं १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सपथ ग्रहण गरेसँगै आफ्नो कार्यभार पनि आजै बाट सम्हालेका छन् ।
सपथग्रहण समारोहमा दौरासुरुवालमा कालो टोपी र आफ्नो ट्रेडमार्कका रुपमा रहेको कालोचश्मा लगाएका बालेनले माला र खादा लगायन भने मानेनन् ।
निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा पुगेका बालेनले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बताएका थिए । जस कारण आज उनले कुने माला तथा खादा लगाएनन् ।
सपथग्रहण समारोहमा नेपाली राष्ट्रिय पोशाकमा ठाँटिएका बालेनसगै उनकी पत्नी सविता काफ्ले पनि सहभागी भएकी थिइन् । बालेनले नेवारी भाषामा समेत सपथ खाएका थिए ।
मुख्य निर्वाचन अधिकृतबाट सपथ खाएका बालेनले पछि आफैले नेवारी भाषा (नेपाल भाषा) मा सपथ आएका हुन् ।