काठमाडौं ।काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन्द्र साह ९बालेन०ले आज सपथ लिएका छन् ।काठमाडौँ उपत्यकामा बालेनसहित निर्वाचित सबै जनप्रतिनिधिलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृतले सपथग्रहण गराएका छन् ।
सपथ ग्रहण समारोहमा बालेनले दौरासुरुवालमा कालो टोपी र आफ्नो ट्रेडमार्कका रुपमा रहेको कालोचश्मा लगाएका छन् ।नेपाली राष्ट्रिय पोशाकमा ठाँटिएका बालेनसगै उनकी पत्नी सविता काफ्ले पनि सहभागी भएकी छिन् ।
मञ्चमा उनको दायाँ काठमाडौंकी उपमेयर सुनिता डंगोल बसेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।उपमेयर सुनिता सँधैजसस्तो चोलो र साडीमा सजिएकी छिन् ।