काठमाडौ १६ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले सरकारले ल्याएको बजेटमाथि टिप्पणी गरेका छन् ।
अघिल्लो सरकारका पालामा बजेटमै व्यवस्था भएको सुर्खेतको कपासेदेखि दैलेखको डुंगेश्वरसम्मको सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई वर्तमान सरकारले बजेटबाटै हटाइदिएको भन्दै टिप्पणी गरेका हुन् ।
उनले कर्णालीकै अर्थमन्त्री भएको बेला दैलेखप्रति साँधेको यस पूर्वाग्रह र विकासविरोधी कार्यका लागि खेद प्रकट समेत गरेका छन् ।
उनले भनेका छन् ,’अघिल्लो सरकारका पालामा बजेटमै व्यवस्था भएको सुर्खेतको कपासेदेखि दैलेखको डुंगेश्वरसम्मको सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई वर्तमान सरकारले बजेटबाटै हटाइदिएको छ । अझ कर्णालीकै अर्थमन्त्री भएको बेला दैलेखप्रति साँधेको यस पूर्वाग्रह र विकासविरोधी कार्यका लागि खेद प्रकट गर्दछु ।’