छरपस्ट रुपमा पहाडमा यस्तो अबस्थामा भेटिए जहाजका सामान, भावबिब्हल छ अबस्था — OSNepal

छरपस्ट रुपमा पहाडमा यस्तो अबस्थामा भेटिए जहाजका सामान, भावबिब्हल छ अबस्था

LC (KTM) May 30, 2022 0

काठमाडौं-बेपत्ता तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहान १०स्१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अबस्थामा फेला परेको हो ।मुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा तारा एअरको जहाज दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । जहाजका सामान छरपस्ट रुपमा पहाडमा छरिएको बताइएको छ ।

थासाङको पानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले जहाज फेला पारेको हो । अहिले जहाजको अवस्था बुझ्न जोमसोमबाट फिस्टेल एअरको हेली घटना स्थलतर्फ प्रस्थान गरेको प्रशासनले बताएको छ ।

जहाजमा चालक दलका सदस्य क्याप्टेन प्रभाकर घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज क्रिष्टी थापा, यात्रु बान्देकर वैसवी,इन्द्रबहादुर गोले, पुरुषोत्ताम गोले, राजनकुमार गोले, मेइक ग्रिटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर