काठमाडौं १५ जेठ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाजमा एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । आइतबार बिहान १० बजेबाट सम्पर्क बिहिन भएको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको हो ।
विमानका तीन चालक सहित २२ जना सवार यात्रु मध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको जानकारी आएको छ ।
मुक्तिनाथ दर्शनका लागि उडेको उक्त विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ रहेको पुष्टि भएको छ , भने साथै उनका मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ पनि रहेको परिवारजनले पुष्टि गरेको छ ।
उक्त खबरले परिवारमा रुवावासी छाएको छ भने, गाउँ पुरै शोकमा डुबेको छ ।