खेलकूद क्षेत्रमा बजेट कटौती , अघिल्लो बर्षको भन्दा २८ करोड रुपैया कम बजेट बिनियोजन — OSNepal

खेलकूद क्षेत्रमा बजेट कटौती , अघिल्लो बर्षको भन्दा २८ करोड रुपैया कम बजेट बिनियोजन

LC (KTM) May 29, 2022 0

खेलकूदमा एकदमै ठुलो निराशा रहेको छ । गतबर्षको बजेट भन्दा यसपाली २८ करोड रुपैया कटौती भएर आएको छ । खेलकूद क्षेत्रमा देखिएको बिभिन्न बिबादको असर समग्र क्षेत्रलाई नै परेको छ । खेलकुद विवाद अदालत प्रवेश गरेसँगै यस वर्ष खेलकुदको बजेट उपयोग हुन नसक्दा सरकारले बजेटमा कटौती गरेको हो । सरकारले नयाँ आर्थिक वर्षका लागि पेश गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको हो ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्व ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै नयाँ आर्थिक वर्षमा खेल पूर्वाधारमा ८७ करोड रुपैयाँ बजेटको विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर