काठमाडौं १५ जेठ । सरकारले मध्यमवर्गीय परिवारलाई केही राहत दिने गरी आयकरको सीमा बढाएको छ ।
जसमा अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्न नपर्ने भएको छ ।
विवाहितको हकमा आयकरको सीमा ६ लाख पुगेको पुगेको छ । साथै, सो भन्दा माथिको हकमा भने आयकर ऐनले तोके अनुसार नै कर व्यलस्था गरिएको अर्थमन्त्री जर्नादन शर्माले बताएका छन् ।
दम्पत्तिको हकमा भने यस्तो करको सीमा ४ लाख ५० हजार रहेको शर्माले बताएका छन् ।