काठमाडौं १५ जेठ । सरकारले आगामी वर्ष सरकारी कार्यालयका लागि थप सवारी सधान खरिद नगर्ने भएको छ । आइतबार
आगामी वर्षका लागि आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेका हुन् ।
सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै यस्तो निणर्य गरेको हो ।
साथै, मर्मत सम्भार गर्दा पनि सञ्चालनमा नआउने सवारी साधनको लिलामी गरिने पनि शर्माले घोषणा गरेका छन् ।