काठमाडौं १५ जेठ । नेपाल विद्युत् प्राधिकरणको सेयर अब जनताले पनि पाउने भएका छन् ।
आइतबार आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेका हुन् ।
क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणको खुल्ला गरिने शर्माले घोषणा गरेका हुन् । सर्वसाधरणको लागि प्राधिकरणले बुक बिल्डिङमार्फत सेयर खुल्ला गर्न सक्ने भएको छ ।
सेयर निष्काशनबाट प्राप्त हुने रकमलाई जलासययुक्त आयोजना विकास र प्रसारणलाइन पूर्वाधार विका समा लगाउने पनि शर्माले जनाएका छन् ।