अब ६८ वर्षमै वृद्धा भत्ता ,सुरक्षा भत्ता नलिने भन्दै स्वघोषणा गर्नेलाई सम्मान गरिने — OSNepal

अब ६८ वर्षमै वृद्धा भत्ता ,सुरक्षा भत्ता नलिने भन्दै स्वघोषणा गर्नेलाई सम्मान गरिने

LC (KTM) May 29, 2022 0

काठमाडौं १५ जेठ । हाल ७० वर्षमा पाउने वृद्ध भत्ताको उमेर घटेको छ । सरकारले साविकको वर्ष घटाएर ६८ वर्षमा झारेको हो ।

आइतबार संघीय संसदमा आर्थिक वर्ष २०७९ /८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने समेत गरिने शर्माले जनाएका छन् ।

साथै , सरकारले वृद्ध भत्ताबाहेक अन्य सामाजिक सुरक्षामा बढेको ३३ प्रतिशत भारको पूर्तिका लागि २२ अर्ब ५६ करोड ८ लाख रुपैयाँ थप निकासा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर