मुस्ताङ :
पोखराबाट मुस्ताङका लागि उडेको बेपत्ता तारा एअरको नाइन एन एइटी ट्विनअटर विमान घरभन्दा केही माथि दुई–तीन पटक घुमेको देखेको थासाङ गाउँपालिका–२ का स्थानियले बताए । हाज धेरै पटक घुमेको र धेरै तल घुमेको स्थानिय विकल बागदासले बताए ।
पानी परेकाले घुमेको होला भन्ने लागेको र यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको पनि उनले बताए । घरमै ठोकिन्छ जस्तो गरेर दुई–तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ उनले भने । अहले भने बेपता विमान माना पाथी हिमालको फेदमा भेटिएको बताइएको छ ।
उक्त स्थानमा नेपाली सेनाको टोली गइरहेको बताइएको छ । सम्पर्कविहीन भएको तारा एअरको विमान चालक दलका तीन सदस्यसहित १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।