काठमाडौं १५ जेठ । जनताको एकीकृत शक्ति पार्टीले आज शङख फुकेर गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेको छ ।
काठमाडौंको लैनचौरस्थित् नाराहिटी दरबार संग्रहालयको गेट अगाडी जेष्ठ १५ धोका हो, धोका दिने को को हो रु पार्टीका कार्यकर्ताले शङ्ख फुकेर गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका प्रदर्शनका कारीले देशभक्त नेपाली एक हौ ।, देश बचाउन उठौं ।, धर्म संस्कृति परम्परा बचाऔ धर्म निरपेक्ष बादीहरुलाई भगाऔ जस्ता प्लेकाड बोकेर विरोध जनाएका थिए ।
देशभर गणतन्त्र दिवस मनाइरहँदा जनताको एकीकृत शक्ति पार्टीले भने योसको विधिवत अन्त्य भएको भन्दै शङ्ख फुकेर विरोध जनाएको हो ।