भक्तपुर १५ जेठ। नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको टिप्पणी गरेका छन् ।
चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी भएका नेता सुवालले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको टिप्पणी गरेका हुन् ।
ठूला दलहरुले गठबनधनको नाममा प्रजातन्त्रविपरीत काम गरेको दावी गरेका उनले कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा सिद्धान्तमा टिक्न नसकेको पनि बताएका छन् ।
भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा गरेका सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरुले त्यतातिर ध्यान दिन नसकेको प्रति गुनासो समेत पोखेका छन् ।
राष्ट्रियता र सार्वभौमिकता रक्षाको सन्दर्भमा नेमकिपाको जीत भएको दावी गरेका उनले आफ्नो पार्टीले सिद्धान्तविपरीत कुनै काम नगरेको स्पष्ट समेत पारेका छन् ।
साथै , उनले निर्वाचित जनप्रतिनीधिहरुले देश र जनताको निःस्वार्थ सेवा गर्न, पूवाग्रहविना, पार्टीको सिद्धान्त र विचारबाट विचलित नभई कामन गर्न निर्देशन समेत दिएका छन् ।