विमान बेपत्ता : मुस्ताङका स्थानीयले पहाड माथि आगो बलेको देख्यौँ भनेपछि प्रहरी त्यसतर्फ लाग्यो — OSNepal

विमान बेपत्ता : मुस्ताङका स्थानीयले पहाड माथि आगो बलेको देख्यौँ भनेपछि प्रहरी त्यसतर्फ लाग्यो

LC (KTM) May 29, 2022 0

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका बेला स्थानीयलेठूलो आवाज सुनिएको र आगो बलेको देखिएको बताएका छन् ।

स्थानीयको भनाई अनुसार अहिले मुस्ताङको लेतेभन्दा माथिको पहाडमा खोजीकार्य सुरु गरिएको छ ।दुर्घटना भएको अनुमान गरिएको उक्त जहाजमा १३ नेपाली, ४ जना भारतीय र अन्य २ विदेशी नागरिक सहित विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर राजकुमार तामाङले जानकारी दिए ।

अहिले दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकोप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरु त्यसतर्फ गएका छन् । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर