काठमाडौँ । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको जहाज ल्याण्ड गर्ने समयमा पनि नआएपछि खोजीकार्य सुरु गरिएको छ ।
kf]खराबाट जोमसोम पुग्न जहाजलाई १७ देखि बढीमा २० मिनेट लाग्ने भएता पनि जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन नसकेपछि खोजीकार्य सुरु भएको छ । उक्त जहाजमा १९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ ।
उक्त जहाजको खोजीका लागि हेलिकोप्टर पठाउने तयारी थालिएको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।
अहिले यो रुटमा बादल लागिरहेका कारण खोजीकार्य समेत प्रभाविकत बनेको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको भएता पनि तारा एयरको ट्वीनअटर विमान भने सम्पर्कविहिन बनेको हो ।