स्याली नदीको बगरमा सात हप्ताको शिशुको श व फेला — OSNepal

स्याली नदीको बगरमा सात हप्ताको शिशुको श व फेला

LC (KTM) June 14, 2021 0

कञ्चनपुर, ३१ जेठ- शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीका बगरमा शिशुको शव फेला परेको छ । “श व सडेको अबस्थमा फेला परेको छ” वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “छ ÷ सात हप्तासम्मको रहेको छ । प्रहरी मुचुल्का तयार गरिएको छ ।” शवको हालसम्म सनाखत हुन सकेको छैन ।

महाकाली अस्पताललाई दश लाख सहयोग:- भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई आज रु १० लाख सहयोग गरेको छ । अस्पतालमा कार्यरत दुई विशेषज्ञ चिकित्सकको पारिश्रमिकका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे अनुरुप रकम उपलब्ध गराइएको नगर प्रमुख बिष्टले जानकारी दिनुभयो । “अस्पतालको आन्तरीक श्रोतबाट रकम व्यहोर्न नसकिने भएपछि आर्थिक सहयोग गरेका हौं” उहाँले भन्नुभयो, “अस्पतालको गुणस्तरीय सेवाका लागि आगामी बर्षमा समेत आवश्यक सहयोग जारी रहन्छ ।”यस अघि नगरपालिकाले अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि रु २० लाख रकम सहयोग गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर